आयरल्यान्डसँग थाइल्यान्ड पराजित

आयरल्यान्डसँग थाइल्यान्ड पराजित

आइतवार, माघ १८ २०८२
आइतवार, माघ १८ २०८२
  • आयरल्यान्डसँग थाइल्यान्ड पराजित

    कीर्तिपुर (काठमाडौँ) । आईसिसी महिला टी(२०)  विश्वकप ग्लोबल छनोट प्रतियोगिता अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा सम्पन्न सुपर सिक्स चरणको खेलमा आयरल्यान्डले  थाइल्यान्डमाथि ६२ रनको  जित हासिल गर्दै छनोट प्रतियोगिता टुङ्ग्याएको छ ।     

    टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले २० ओभरमा आठ  विकेट गुमाउँदै १२१ रनको मध्यम योगफल बनाएको थियो । त्यसमा गाबी लेउसले २५ तथा एमी हन्टर र ओर्ला पेन्डरगस्टले २४/२४ रनको योगदान गरेका थिए ।

      प्रति ओभर करिब छ को आवश्यक रन रेटसहित ब्याटिङमा  उत्रिएको थाइल्यान्डले छ दशमलव एक ओभरमा सबै  विकेट गुमाएर मात्र ५९ रन बटुल्न सक्यो । कप्तान नारुमोल चाइवाइले २२ रन र नान्नपत कोन्चारनले १५ बनाउनु बाहेक कुनै पनि थाइ ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् भने चार जना ब्याटर शून्यमा आउट भए ।  

    थाइल्यान्डलाई सस्तैमा समेटन आयरल्यान्डकी आर्लेन केलीले चार र लारा म्याक ब्राइडले तीन विकेट लिइन । आयरल्यान्ड  आजको खेलअघि नै विश्व कपमा छनोट भइसकेको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij