सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा ३ लाख ९ हजार रुपैयाँ पुग्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा ३ लाख ९ हजार रुपैयाँ पुग्यो

सोमवार, माघ १२ २०८२
सोमवार, माघ १२ २०८२
  • सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा ३ लाख ९ हजार रुपैयाँ पुग्यो

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच हजार दुई सय रुपैयाँले बढेर तीन लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार सुन प्रतितोला तीन लाख ३ हजार आठ सय रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २९० रुपैयाँले बढेर प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij