मनाङमा एमाले र राप्रपाका उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

मनाङमा एमाले र राप्रपाका उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

शुक्रवार, माघ ९ २०८२
शुक्रवार, माघ ९ २०८२
  • मनाङमा एमाले र राप्रपाका उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
    मनाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले आ–आफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन् । एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार कुविरसिङ गुरुङले मनोनयन फिर्ताका लागि निवेदन दिएका छन् । 
     
    उम्मेदवारी फिर्ताको पत्र दर्ता भइसकेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । अब कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारबीच निर्वाचनमा मुख्य प्रतिस्पर्धा भएको छ । कांग्रेसले टेकबहादुर गुरुङ र नेपाली कम्युनिष्ट पार्टीले यशोदा सुवेदी गुरुङलाई उम्मेदवार बनाएको छ । 
     
    मनोनयन फिर्ताको निवेदनमाथि आज दिउँसो निर्णय हुने मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij