भारतले नेपाल सरकारलाई दियो ६१ वटा गाडी उपहार

भारतले नेपाल सरकारलाई दियो ६१ वटा गाडी उपहार

मंगलवार, माघ ६ २०८२
मंगलवार, माघ ६ २०८२
  • भारतले नेपाल सरकारलाई दियो ६१ वटा गाडी उपहार

    काठमाडौं ।  निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१ वटा गाडी हस्तान्तरण गरेको छ । 

    गृह मन्त्रालयमा आज अपराह्न आयोजित एक समारोहका बीच भारतीय राजदूतावासले गृहमन्त्रालयलाई ६१ वटा गाडी उपहारस्वरूप हस्तान्तरण गरेको हो ।

    पहिलो चरणमा ६१ वटा गाडी ल्याइएको र बाँकी गाडी क्रमशः आउने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । भारत सरकारले ३८८ वटा गाडी उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

    निर्वाचन अघि नै भारतले ३८८ वटा गाडी उपलब्ध गराउने जनाएअनुसार आउने क्रममा रहेको र आज ६१ वटा गाडी मन्त्रालयले प्राप्त गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।

    उनले यसरी गाडी उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिए । उक्त सवारीले निर्वाचनलाई शान्तिपूर्ण बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने गृहमन्त्रीले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij