पेट्रोल र डिजेलको मूल्य घट्यो, अव कति पर्छ

पेट्रोल र डिजेलको मूल्य घट्यो, अव कति पर्छ

शुक्रवार, माघ २ २०८२
शुक्रवार, माघ २ २०८२
  • पेट्रोल र डिजेलको मूल्य घट्यो, अव कति पर्छ

    काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार बिहानदेखि लागू हुनेगरी मूल्य घटाएको हो ।निगमले जारी गरेको सूचना अनुसार, पेट्रोलमा प्रतिलिटर ३ र डिजेल र मट्टितेलमा प्रतिलिटर १ रूपैयाँले मुल्य घटाइएको हो ।

    भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य घटेर आएपछि निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको निगमद्वारा जारी सूचनामा जनाएको छ ।  नयाँ मूल्यसूची अनुसार काठमाडौँ, पोखरा र दिपायल (तेस्रो वर्ग) मा अब पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल १३६ रुपैयाँ कायम भएको छ ।

    त्यसैगरी, सुर्खेत र दाङ (दोस्रो वर्ग) मा पेट्रोल १५५ र डिजेल १३५ रुपैयाँ भएको छ । तराईका क्षेत्रमा पर्ने (पहिलो वर्ग) मा पेट्रोल १५३ रुपैयाँ ५० पैसा र डिजेल १३३ रुपैयाँ ५० पैसामा उपलब्ध हुने निगमका प्रवक्ता मनोज ठाकुरले बताए । दुई साताअघि पनि निगमले पेट्रोल र डिजलको मूल्य घटाएको थियोे ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij