सुनको मूल्य फेरि बढ्यो, अब तोलाकै २ लाख साढे ७६ हजार

सुनको मूल्य फेरि बढ्यो, अब तोलाकै २ लाख साढे ७६ हजार

मंगलवार, पौष २९ २०८२
मंगलवार, पौष २९ २०८२
  • सुनको मूल्य फेरि बढ्यो, अब तोलाकै २ लाख साढे ७६ हजार

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य फेरि बढेको छ ।  सुनको मूल्य तोलामै २ लाख ७६ हजार रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा २ लाख ७४ हजार ७०० रुपैयाँ कायम भएको थियो । सो मूल्य पनि सोमबारसम्मकै रेकर्ड मूल्य भएकामा मंगलबार थप बढेर २ लाख ७६ हजार ५०० रुपैयाँ पुग्दा छापावाल सुन अब १० ग्रामकै २ लाख ३७ हजार ५५ रुपैयाँ कायम भएको छ । 

    यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । मंगलबार चाँदी तोलामा ५ हजार ३४० रुपैयाँ पुगेको हो। यसअघि सोमबार चाँदी ५ हजार १९५ रुपैयाँ कायम भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij