जनकपुरधाम उपमहानगरपालिकाको  दुई अर्ब ४६ करोड ८९ लाखको संशोधित बजेट

जनकपुरधाम उपमहानगरपालिकाको  दुई अर्ब ४६ करोड ८९ लाखको संशोधित बजेट

आइतवार, पौष २७ २०८२
आइतवार, पौष २७ २०८२
  • जनकपुरधाम उपमहानगरपालिकाको  दुई अर्ब ४६ करोड ८९ लाखको संशोधित बजेट

    जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२र८३ का लागि रु दुई अर्ब ४६ करोड ८९ लाख १६ हजार ८९४ वार्षिक संशोधित बजेट विनियोजन  गरेको छ ।

    आज यहाँ आयोजित चौधौँ नगरसभा (हिउँदे) बैठकले वार्षिक संशोधित बजेट विनियोजन गरेको हो । 

    उपप्रमुख किशोरी साहले बजेट प्रतिवेदन प्रस्तुत गर्दै सङ्घीय सरकार तथा प्रदेश सरकार तर्फको समानीकरण, ससर्त, समपूरक, विशेष, राजस्व बाँडफाँट, आन्तरिक राजस्व तथा गत आर्थिक वर्षको समेत गरी उक्त बजेट पेस गरिएको बताउनुभयो । 

    उपमहानगरपालिकाले चालु आवको हालसम्म रु ९९ करोड ४१ लाख २५ हजार ४५७ आम्दानी गरेको छभने रु ४१ करोड सात हजार ८०८ कुल खर्च गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । यसअघि चालु आवका लागि १३औँ नगरसभाबाट स्वीकृत भएका अनुमानित आय तथा व्ययका विवरण कार्यान्वयनमा रहेका छन् । 

    आजको नगरसभा बैठकले नगरपालिकाअन्तर्गत दरबन्दीमा कार्यरत सम्पूर्ण करार सेवाका कर्मचारीलाई यही माघ १ गतेदेखि लागू हुनेगरी स्थायी कर्मचारीसरह मासिक रु पाँच हजार महँगी भत्ता दिने तथा जग्गा वर्गीकरणका लागि रकम विनियोजन गरेको छ । 

    उपमहानगर प्रमुख मनोज साहको अध्यक्षतामा भएको बैठकमा स्थानीय जनप्रतिनिधि तथा उपमहानगरपालिका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij