भक्तपुर कांग्रेस सभापतिका प्रत्यासी लगाएतका नेता विशेष महाधिवेशनका पक्षमा

भक्तपुर कांग्रेस सभापतिका प्रत्यासी लगाएतका नेता विशेष महाधिवेशनका पक्षमा

शुक्रवार, पौष २५ २०८२
शुक्रवार, पौष २५ २०८२
  • भक्तपुर कांग्रेस सभापतिका प्रत्यासी लगाएतका नेता विशेष महाधिवेशनका पक्षमा

    भक्तपुर। नेपाली कांग्रेस भक्तपुरका सभापतिका प्रत्यासी अष्ट कवे लगायतका जिल्ला स्तरीय नेताहरू विशेष महाधिवेशनका पक्षमा खुलेका छन्। कवे हालका पार्टी सभापति दुर्लभ थापासँगै सभापतिका दुवै पटकका प्रत्यासी हुन्। यसैगरी कांग्रेस भक्तपुरका पूर्व सचिव विष्णुराज कार्कीसमेत विशेष महाधिवेशनका पक्षमा खुलेका छन् । 

    त्यस्तै महिला संघकी जिल्ला सभापति सरू बानियाँ,  बागमती प्रदेशका पर्यटनमन्त्री शुरेश श्रेष्ठ पनि विशेष महाधिवेशनको पक्षमा खुलेका छन्। यसैगरी भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का सभापति भेषबहादुर कार्की, बरिस्ठ पत्रकार एवं काँग्रेस नेता कविर राणा, महिला नेतृ संगीता फुँयाल लगायतका नेताहरू पनि विशेष महाधिवेशनका पक्षमा खुलेका छन्। 

    उनीहरुले भक्तपुर जिल्लामा विशेष महाधिवेशनका लागि नेता कार्यकर्तालाई आह्वानसमेत गरिरहेका छन्। यसैबीच भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ ले दोस्रो ऐतिहासिक विशेष महाधिवेशनमा सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ ।

    nc-2.jfif

    महाधिवेशनले पार्टीको भावी दिशा तय गर्नुका साथै लोकतन्त्रलाई नयाँ ऊर्जा दिने ऐतिहासिक निर्णयहरू गर्ने विश्वास समितिले लिएको छ। त्यसैले नेपाली कांग्रेसका सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूलाई यस ऐतिहासिक अवसरमा सक्रिय सहभागिताका लागि हार्दिक आह्वान गर्दछु ।’

     भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का सभापति भेषबहादुर कार्कीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विशेष महाधिवेशन पक्षका नेता कार्यकर्ताले  बिहिवार दुवाकोटमा छोटो जानकारीका आधारमा आयोजना गरेको कार्यक्रममा पाँच छ सय नेता कार्यकर्ता उपस्थित भएपछि विशेष महाधिवेशन पक्षधरहरू हौसिएको महिला संघ जिल्ला सभापति सरू बानियाँले बताइन ।

     विषेश महाधिवेशन पक्षधरले भक्तपुरबाट करिव एक हजारको संख्यामा नेता कार्यकर्ता उतार्ने तयारी भइरहेको बानियाँको भनाई छ ।

    nc realease.jfif

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij