भक्तपुर उद्योग वाणिज्य संघको अधिवेशन आज, अध्यक्षमा न्यौपाने सर्वसम्वत

भक्तपुर उद्योग वाणिज्य संघको अधिवेशन आज, अध्यक्षमा न्यौपाने सर्वसम्वत

शुक्रवार, पौष २५ २०८२
शुक्रवार, पौष २५ २०८२
  • भक्तपुर उद्योग वाणिज्य संघको अधिवेशन आज, अध्यक्षमा न्यौपाने सर्वसम्वत

    भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघको अधिवेशन आज गठ्ठाघरमा शुरू हुने भएको छ । संघको ३८ औं वार्षिक साधारणसभा तथा अधिवेशन २०८२ ले नयाँ नेतृत्व चयन गर्नेछ ।


    शुक्रबार विहान गठ्ठाघरस्थित जर्मन होम्समा शुभारम्भ हुने महाधिवेशनको नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले उद्घाटन् गर्नेछन् । संघको नयाँ नेतृत्वका लागि  वर्तमान उपाध्यक्ष कृष्णमुरारी न्यौपानेको नाममा सहमति भएको बताइएको छ । 

    महासचिव पदका लागि भने दुई जना उम्मेदबारबीच प्रतिस्पर्धा रहेको जनाइएको  छ । वर्तमान महासचिव नवीन प्रजापति र रुकेश रन्जितबीच सहमति नबन्दा चुनाव हुने सम्भावना बढेर गएको छ । अन्य केही पदाधिकारी तथा सदस्यमा  पनि सहमति हुन बाँकी रहेको संघ श्रोतले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij