घरबारविहीन परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख सहयोग

घरबारविहीन परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख सहयोग

बिहिवार, पौष १७ २०८२
बिहिवार, पौष १७ २०८२
  • घरबारविहीन परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख सहयोग

    बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । 

    सुर्नया गाउँपालिका–२ कटनोलीका रेखा चन्द र ग्रीस चन्दलाई घर पुनःनिर्माणका लागि उक्त रकम सहयोग गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड सतबाँझ शाखाका प्रबन्धक गोविन्द बिष्टले जानकारी दिए । गत भदौ १५ गते वर्षासँगै आएको पहिराले दुवै जनाको घर भत्किएको थियो । त्यसयता उनीहरु सतबाँझमा आफन्तकहाँ बस्दैआएका थिए । 

    घरवारविहिन रेखा एकल महिला हुन् । दुवै जनालाई जनही रु एक लाखको चेक हस्तान्तरण गरिएको शाखा प्रबन्धक बिष्टले बताए। सुर्नया गाउँपालिका–२ का वडाध्यक्ष गणेशबहादुर बिष्ट र बैंकका शाखा प्रबन्धक बिष्टले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् । सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित परिवारलाई आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ । यसअघि पहिरोे प्रभावित परिवारलाई सुर्नया गाउँपालिकाले खाद्यान्न, लत्ताकपडाका साथै जनही रु ५० हजार सहयोग गरेको थियो ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij