पेट्रोल, डिजल र हवाई इन्धनको मूल्य घट्यो, अब कति पर्छ ?

पेट्रोल, डिजल र हवाई इन्धनको मूल्य घट्यो, अब कति पर्छ ?

बिहिवार, पौष १७ २०८२
बिहिवार, पौष १७ २०८२
  • पेट्रोल, डिजल र हवाई इन्धनको मूल्य घट्यो, अब कति पर्छ ?

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलियम  बिहीबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा चार रुपैयाँ र डिजेलरमट्टीतेल प्रतिलिटर पाँच रुपैयाँ घटाइएको हो ।  

    हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको निगमले जनाएको छ । एलपी ग्याँसको मूल्य बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर मूल्य यथावत् राखिएको निगमले जनाएको छ । 

    निगम सञ्चालक समितिको बुधबारको निर्णयानुसार मूल्य घटाइएको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । नयाँ मूल्य सूची अनुसार काठमाडौं उपत्यका लगायतका तेस्रो वर्गमा पेट्रोल प्रतिलिटर १५९ र डिजेलरमट्टितेलमा १३७ रुपैयाँ पर्ने छ। 

    608338793_727342456689275_1189546561544841819_n.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij