मङ्सिरमा नेपाल प्रहरीले उठायो ४० करोड राजस्व

मङ्सिरमा नेपाल प्रहरीले उठायो ४० करोड राजस्व

सोमवार, पौष १४ २०८२
सोमवार, पौष १४ २०८२
  • मङ्सिरमा नेपाल प्रहरीले उठायो ४० करोड राजस्व

    काठमाडौँ । नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिनामा ४० करोड २५ लाख ४९ हजार राजस्व सङ्कलन गरेको छ । कानुन कार्यान्वयन तथा विभिन्न कारबाहीका क्रममा उक्त राजश्व सङ्कलन गरिएको हो । 

    केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेका अनुसार प्रहरीले अवैध मालसामान बरामद वापत १७ करोड ९५ लाख ६७ हजार, अदालती फैसला कार्यान्वयनबाट  १२ करोड ३७ लाख ३६ हजार, ट्राफिक कारबाहीवापत रु सात करोड १५ लाख ९३ हजार तथा अवैध सुनचाँदी बरामदवापत ८९ लाख ४५ हजार ३९३ राजस्व सङ्कलन गरेको छ ।

    यस्तै हुण्डी कारोबार गर्नेहरुबाट ६४ लाख ४३ हजार, स्रोत नखुलेको रकम ८५ लाख नौ हजार, अवैध नदीजन्य पदार्थ उत्खनन् गर्नेहरुबाट २७ लाख ६४ हजार, अवैध काठ बरामदबाट  दुई लाख ८७ हजार र अवैध पशुपंक्षीको कारोबार गर्नेहरुबाट सात लाख दुई हजार बरामद गरेको प्रवक्ता काफ्लेले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij