पाँच महिनामा आठ अर्ब ७७ करोडको खाद्यान्न आयात

पाँच महिनामा आठ अर्ब ७७ करोडको खाद्यान्न आयात

शुक्रवार, पौष ११ २०८२
शुक्रवार, पौष ११ २०८२
  • पाँच महिनामा आठ अर्ब ७७ करोडको खाद्यान्न आयात

    वीरगञ्ज  ।  वीरगञ्ज नाका हुँदै रु आठ अर्ब ७७ करोड मूल्यबराबरको १७ खाद्यवस्तु आयात गरिएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा १७ थरिका १८ करोड ३१ लाख ४९ हजार ८०८ किलो खाद्यवस्तु आयात गरिएका हुन् ।

    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १४ प्रतिशत बढी मूल्यका खाद्यान्न आयात भएको जानकारी दिनुभयो ।

    चालु आवको पाँच महिनामा रु तीन अर्ब ८५ करोड मूल्यको धान र रु दुई अर्ब ९६ करोड मूल्यको मकै आयात भएको छ । त्यसैगरी रु एक अर्ब ३१ करोडको चामल र रु २५ करोडको माल्ट आयात भएको जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij