वीरगञ्जबाट ५ महिनामा  ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्जबाट ५ महिनामा  ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • वीरगञ्जबाट ५ महिनामा  ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज(पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ७२ अर्ब २८ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयले पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट मात्र सो अवधिमा  ३० अर्ब २५ करोड राजस्व सङ्कलन गरेको छ ।

    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको ५ महिनामा पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्वमा पनि वृद्धि भएको बताए । 

    गत आर्थिक वर्षको ५ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने ६.४२ प्रतिशत अर्थात्  एक अर्ब ८३ करोड बढी राजस्व सङ्कलन भएको हो । जबकि गत आवको पाँच महिनामा भने  ६९ अर्ब १५ करोड मूल्यका पाँच थरिका पेट्रोलियम पदार्थको आयात भएको थियो । चालु आवको पाँच महिनामा वीरगञ्ज हुँदै ३५ अर्ब ३१ करोड मूल्यको डिजेलको आयात भयो । 

    त्यसैगरी १७ करोड ३६ लाख मूल्यको पेट्रोल र रु १२ अर्ब १७ करोडको  एलपी ग्यासको पनि आयात भयो । त्यस्तै रु सात अर्ब २५ करोडको एटिएफ र  १९ करोडको मट्टितेल आयात भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij