तराईमा सितलहर,बाक्लो हुस्सु अझै केही दिन लम्बिने

तराईमा सितलहर,बाक्लो हुस्सु अझै केही दिन लम्बिने

बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • तराईमा सितलहर,बाक्लो हुस्सु अझै केही दिन लम्बिने

    काठमाडौं । तराईमा सितलहर, बाक्लो हुस्सु केही दिन लम्बिने भएको छ । छ दिनयता तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित बनेको छ । 

    जल तथा मौसम विज्ञान विभागले तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने जनाएको छ । बिभागले बाक्लो हुस्सुका कारण अत्याधिक चिसो बढेको बताउँदै आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

    विभागका मौसमविद् हरिप्रसाद दाहालले आगामी तीन दिनमा उल्लेख्य सुधार हुने सम्भावना नरहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातलगायत क्षेत्रमा प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरे । 

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij