मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

मंगलवार, पौष ८ २०८२
मंगलवार, पौष ८ २०८२
  • मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

    महेन्द्रनगर  । राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

    मधेस प्रदेशका प्रमुखको कार्यालय जनकपुरधामस्थित आज एक कार्यक्रमबीच राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८१÷८२ मा सम्पादन गरेका कामकारबाही समेटिएको पाँचौँ वार्षिक प्रतिवेदन मधेस प्रदेशप्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष पेस गरिएको हो ।

    आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम प्रतिवेदन पेस गरे ।प्रतिवेदनमा दलित समुदायको हकहित, संरक्षण, सशक्तीकरण तथा आयोगले वर्षभरि सञ्चालन गरेका कार्यक्रम, अनुसन्धान, अनुगमन र सिफारिस समेटिएको छ ।

    प्रतिवेदन ग्रहण गर्दै प्रदेशप्रमुख कर्णले संविधानले प्रत्याभूत गरेका समानता र सामाजिक न्यायका अधिकार व्यवहारमा कार्यान्वयन गर्न आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij