एकैदिन ५ हजार ५ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

एकैदिन ५ हजार ५ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

मंगलवार, पौष ८ २०८२
मंगलवार, पौष ८ २०८२
  • एकैदिन ५ हजार ५ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच हजार पाँच सय रुपैयाँले बढेर २ लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार भने सुन प्रतितोला  २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर तोलामा ४ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार प्रतितोला ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij