सुन र चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा, कतिमा हुंदैछ कारोवार ?

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा, कतिमा हुंदैछ कारोवार ?

सोमवार, पौष ७ २०८२
सोमवार, पौष ७ २०८२
  • सुन र चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा, कतिमा हुंदैछ कारोवार ?

    काठमाडौं । सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेको छ। 

     महासंघका अनुसार सुनको मुल्य आज प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ कायम भएको छ। चाँदीको मुल्य पनि प्रतितोला ४ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । जुन अघिल्लो दिनभन्दा १३० रुपैयाँ बढी हो।

    सुन गत सोमबार त्यसअघिका सबै रेकर्ड तोड्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै चाँदीको मुल्यले केही दिनयता नै नयाँ रेकर्ड बनाइरहेको छ । चाँदी अघिल्लो  अघिल्लो दिन ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार, सुन र चाँदीको अन्तर्राष्ट्रिय बजार मुल्यलेसमेत नयाँ रेकर्ड बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४३९७ अमेरिकी डलर पुगेको छ । त्यस्तै चाँदी प्रतिऔंस ६९.३७ अमेरिकी डलर पुगेको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij