मधेस प्रदेशको सभामुखमा यादव निर्वाचित

मधेस प्रदेशको सभामुखमा यादव निर्वाचित

आइतवार, पौष ६ २०८२
आइतवार, पौष ६ २०८२
  • मधेस प्रदेशको सभामुखमा यादव निर्वाचित

    जनकपुर ।  मधेस प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित भएका छन् ।

    प्रदेशसभा बैठकमा आज भएको निर्वाचनमा सात दलीय गठबन्धनका तर्फबाट उम्मेदवार रहेका यादव निर्वाचित भएका हुन् । उपसभामुख बबिता राउत इशरले सभामा उपस्थिति ९६ प्रदेशसभा सदस्यमध्ये यादवको पक्षमा ७२ मत र विपक्षमा २४ मत परेको जानकारी दिँदै निर्वाचित भएको घोषणा गरे । 

    यसअघि यादवलाई सभामुखमा निर्वाचित गर्न नेपाली कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले प्रस्ताव गरेका थिए । यादव धनुषा निर्वाचन क्षेत्र नं २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित भएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij