मधेशका मुख्यमन्त्री कृष्ण यादवलाई विश्वासको मत प्राप्त

मधेशका मुख्यमन्त्री कृष्ण यादवलाई विश्वासको मत प्राप्त

शनिवार, पौष ५ २०८२
शनिवार, पौष ५ २०८२
  • मधेशका मुख्यमन्त्री कृष्ण यादवलाई विश्वासको मत प्राप्त

    काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन् । हिजो बसेको प्रदेशसभा बैठकमा उपस्थित सबै सदस्यहरूले उनलाई विश्वासको मत दिएका हुन् ।

    उनको पक्षमा प्रदेशसभाको पूरै ९२ मत खसेको थियो । उनलाई सत्तापक्षका सबै दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलले समेत विश्वासको मत दिएका हुन् ।

    ६ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले मंसिर २१ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij