मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार

मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार

मंगलवार, पौष १ २०८२
मंगलवार, पौष १ २०८२
  • मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार

    जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा सोमबार मन्त्रिपरिषद् विस्तार गरिएको छ ।

    प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तिमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले  नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मङ्सिर २९ गते नियुक्ति र कार्यविभाजनसहित मन्त्रिपरिषद् विस्तार गरिएको उल्लेख छ ।

    सो विज्ञप्तिमा मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भौतिक पूर्वाधार विकास मन्त्रालय भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खेलकुद तथा समाज कल्याण मन्त्रालय गृह, सञ्चार तथा कानून मन्त्रालय वन तथा वातावरण मन्त्रालय श्रम तथा यातायात मन्त्रालय रहेको छभने मन्त्री महेशप्रसाद यादवलाइ अर्थ मन्त्रालय, जंगीलाल रायलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जवाहर लाल कुशवाहालाई उर्जा, सिचाई तथा खानेपानी मन्त्रालय, रानीकुमारी तिवारीलाई शिक्षा तथा संस्कृति मन्त्रालय र कनिश पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको जनाइएको छ।

    साथै आजै प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख समक्ष नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएको सम्मेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij