एनपिएलः  अर्धशतकको सङ्ख्या ३५ पुग्यो

एनपिएलः  अर्धशतकको सङ्ख्या ३५ पुग्यो

आइतवार, मंसिर २१ २०८२
आइतवार, मंसिर २१ २०८२
  • एनपिएलः  अर्धशतकको सङ्ख्या ३५ पुग्यो

    काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल) मा  अर्धशतकको सङ्ख्या ३५ पुगेको छ । आज जनकपुर बोल्ट्सका सञ्जय कृष्णमूर्तिले ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या ३५ पुगेको हो । 

    उनले आज कर्णाली याक्सविरुद्ध ३७ बलमा एक चौका चार छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । उनको जारी सिजनमा दोस्रो अर्धशतकसमेत हो । 

    यस सिजनमा ३५ अर्धशतक जोड्नेमा २९ खेलाडी छन् । यसअघि जारी सिजनमा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै एडम रोसिङटनले र  कर्णाली याक्सका प्रियान्क पन्चालले दुईरदुई अर्धशतक हिर्काएका छन् ।

    यस्तै , सुदूरपश्चिम रोयल्सका  विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, क्रिश लिन ईशान पाण्डे, विराटनगर किंग्सका  लोकेश बम, साम हिजलेट, फाफ डू प्लेसिस,  मार्टिन गुप्टिल,  बसिर अहमद, पोखराका सुमित बर्मा, जिमी निशम, रिसि धवन, चितवनका  डेविड मलान र अर्जुन साउँद, काठमाडौँ गोर्खाजका भीम सार्की,  जोन सिम्प्सन, बेन चाल्र्सवर्थ, कर्णालीका मार्क वाट, लुम्बिनीका  डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, माज सदाकत, अनिल शाह र आशिफ शेखले एकरएक अर्धशतक हिर्काएका छन् ।  

    कर्णालीका मार्क वाट र पोखराका एडम रोसिङटनले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij