एनपिएलः कर्णालीले दियो जनकपुरलाई १३० रनको लक्ष्य

एनपिएलः कर्णालीले दियो जनकपुरलाई १३० रनको लक्ष्य

आइतवार, मंसिर २१ २०८२
आइतवार, मंसिर २१ २०८२
  • एनपिएलः कर्णालीले दियो जनकपुरलाई १३० रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत  लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले साबिक विजेता जनकपुर बोल्ट्सलाई १३० रनको लक्ष्य दिएको छ ।

    त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा  टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १२९ रन बनायो । जसमा इमरान शेखले सर्वाधिक ३३ रन जोडे ।

    जनकपुरका लागि आदित्य महता र ललित राजवंशीले दुई÷दुई विकेट हात पारे । छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि खेल्नेछन् । 

    प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij