ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी

ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी

आइतवार, मंसिर २१ २०८२
आइतवार, मंसिर २१ २०८२
  • ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी

    काठमाडौँ । काठमाडौँको ठमेलस्थित एक निर्माणाधीन रेष्टुरेन्टमा आगलागी भएको छ।

    काठमाडौँ महानगरपालिका(२६ ठमेल बुधबारे गल्लीस्थित निर्माणाधीन ‘वर्क इट पप’ रेष्टुरेन्टमा आज बिहान १०:३० बजे आगलागी भएको प्रहरी वृत्त लैनचौरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) जागेश्वर भण्डारीले जानकारी दिए।

    उनका अनुसार विद्युत् सर्ट भएर लागेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा आएको थियो। उक्त आगोलाई नियन्त्रणमा लिनका लागि नेपाल प्रहरीले काठमाडौँ महानगरपालिकाका दुई वटा दमकलको सहायता लिएको उनले जानकारी दिए।

    अहिले आगो पूर्ण रूपमा नियन्त्रणमा आएको वृत्त प्रमुख भण्डारीले बताए। उनका अनुसार आगलागीबाट केकति क्षति भयो भन्नेबारेमा प्रहरीले विवरण संकलन गरिरहेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij