मधेसका नवनियुक्त मुख्यमन्त्री यादवसहित मन्त्रीद्वारा शपथग्रहण

मधेसका नवनियुक्त मुख्यमन्त्री यादवसहित मन्त्रीद्वारा शपथग्रहण

आइतवार, मंसिर २१ २०८२
आइतवार, मंसिर २१ २०८२
  • मधेसका नवनियुक्त मुख्यमन्त्री यादवसहित मन्त्रीद्वारा शपथग्रहण
    जनकपुरधाम । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आज यहाँ आयोजित एक समारोेहबीच उहाँलाई मधेस प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथग्रहण गराए ।
     
    मुख्यमन्त्री यादव मधेस प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका हुन् । उनलाई नेपाली कांगे्रस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनमत पार्टीका प्रदेश सांसद गरी ७७ जनाको समर्थन तथा सहमतिका आधारमा मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो । 
     
    सोही समारोहमा नवनियुक्त तीन जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ । जनमत पार्टीबाट अर्थमन्त्रीमा महेशप्रसाद यादव, नेपाली कांग्रेसबाट विनाविभागीय मन्त्रीमा जगीलाल राय र नेपाली कम्युनिष्ट पार्टीबाट विनाविभागीय मन्त्रीमा कनिश पटेल नियुक्त भएका हुन् । उनीहरूलाई प्रदेश प्रमुख डा कर्णले शपथग्रहण गराए। सो अवसरमा विभिन्न राजनीतिक दलका नेता तथा पूर्वमुख्यमन्त्रीहरूको उपस्थिति थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij