काठमाडौं । चितवन राइनोजले पोखरा एभन्जर्सलाई १२१ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग अन्तर्गतको आजको खेलमा चितवनले १२० रन बनाउँदै पोखरालाई १२१ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२०रनको योग बनाएको छ । चितवनका लागि देव खनालले सर्वाधिक ३५ रनको योगदान दिए । अन्य खेलाडीहरु अल्पेश रामजानीले ३३ रन, कुशल मल्लले २३ रन र शैफ अलि जैबले १७ रन बनाउँदा अन्य खेलाडीहरुले भने दोहोरो अंक जोड्न सकेनन् ।
पोखराका लागि धनञ्जय लक्षणले ३ विकेट, र रोहित चन्द र किरण ठगुन्नाले १–१ विकेट लिएका छन् ।