एनपीएल : सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा प्रवेश

एनपीएल : सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा प्रवेश

शनिवार, मंसिर २० २०८२
शनिवार, मंसिर २० २०८२
  • एनपीएल : सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा प्रवेश

    काठमाडौं । फाफ डु प्लेसी र सम हेजलेटका दमदार अर्धशतकको सहायतामा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उनीहरूको लगातार ६ खेलको विजयी यात्रा रोकिदिएको छ ।

    सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै ४ विकेट गुमाउँदै १५० रन बनाएर सहजै पूरा गर्यो ।

    यस जितसँगै ७ खेलमा ५ जितको बलमा १० अंक जोडेको विराटनगर अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ र अब पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग भिड्ने पक्का भएको छ ।

    यद्यपि ७ खेलपछि विराटनगर र काठमाडौँ दुवैले समान १० अंक जोडेका छन्, तर उत्कृष्ट नेटरनरेटका आधारमा विराटनगर दोस्रो स्थानमा छ ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १४७ रनको योगफल बनाएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij