मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

शुक्रवार, मंसिर १९ २०८२
शुक्रवार, मंसिर १९ २०८२
  • मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

    जनकपुरधाम ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य कंचन विच्छालाई निलम्बन गरिएको छ ।

    प्रदेशसभा सचिवालयका सचिव वासुदेव कोइरालाले राप्रपाको लिखित पत्रका आधारमा विच्छालाई निलम्बन गरिएको बताए । 

    आज प्रकाशित सूचनामा प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १९० अनुसार राजनैतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को २ तथा प्रदेशसभा कार्यसञ्चालनसम्बन्धी नियमावली, २०७५ को नियम १९१ बमोजिम विच्छालाई निलम्बन गरिएको उल्लेख छ । 

    विच्छालाई  पार्टीको नीतिविपरीत अनुशासन उल्लङ्घन गरेको भन्दै राप्रपाले पार्टी विधान २०४८ (संशोधनसहित) अनुसार छ महिनासम्म साधारण सदस्यबाट निष्कासन गरी प्रदेशसभा सदस्यबाट फिर्ता गर्ने राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय भएकोसमेत जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij