मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२
  • मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

    काठमाडौं । मधेस प्रदेशसभा बैठक आज बस्ने भएको छ ।  मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनका लागि  बिहान साढे ८ बजे प्रदेशसभा बैठक आह्वान गरिएको हो । 

    सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् । 

    मधेस प्रदेशसभामा कूल १०७ सदस्य रहेकामा सरकार बनाउन कम्तीमा ५४ मत आवश्यक पर्छ। एमालेसँग २५ सांसद छन्, जसमध्ये एक जना निलम्बित छन्। नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक सांसद एमाले पक्षमा देखिए पनि राप्रपाले आफ्ना मन्त्री कञ्चन बिच्छामाथि कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij