एनपिएलः लुम्बिनीलाई काठमाडौँको १५८ रनको चुनौती

एनपिएलः लुम्बिनीलाई काठमाडौँको १५८ रनको चुनौती

मंगलवार, मंसिर ९ २०८२
मंगलवार, मंसिर ९ २०८२
  • एनपिएलः लुम्बिनीलाई काठमाडौँको १५८ रनको चुनौती

    काठमाडौं ।  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल)अन्तर्गत आजको खेलमा  काठमाडौं गोर्खाजले  लुम्बिनी लायन्सलाई  १५८ रनको लक्ष्य दिएको छ । 

    त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५७ बनायो । यसमा  कप्तान करण केसीले अविजित ३४,  आकाश त्रिपाठीले ३२ र सन्तोष यादवले २६ रनको योगदान गरे ।

    लुम्बिनीका कप्तान रोहित पौडेल, खेलाडी शेर मल्ल, गुल्बादिन नायब, रूबेन ट्रम्पलम्यानले दुई÷दुई विकेट लिए । काठमाडौँले तीन खेल खेलेको छ, जसमा दुई हार र  एकमा जित निकालेको थियो । काठमाडौँ दुई अङ्कसहित तेस्रो स्थानमा छ । लुम्बिनी पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित चौँथो नम्बरमा छ । दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ । 

    नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा मङ्सिर १ गतेदेखि  सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij