एनपीएल : विराटनगरको लगातार तेस्रो जित

एनपीएल : विराटनगरको लगातार तेस्रो जित

सोमवार, मंसिर ८ २०८२
सोमवार, मंसिर ८ २०८२
  • एनपीएल : विराटनगरको लगातार तेस्रो जित

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको छ।

    सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३५ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य पछ्याउँदै जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रन मात्र जोड्न सफल भयो।

    यसअघि दुई खेल खेलेर दुईवटै खेलमा जित हासिल गरेको विराटनगर चार अंकसहित तालिकाको पहिलो स्थानमा थियो । यो विराटनगरको लगातार तेस्रो जित हो। जनकपुर भने सोही खेलमा हार व्यहोर्दै शुन्य अंककासाथ सातौ स्थानमा छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij