काठमाण्डुले बिराटनगरलाई दियो १३५ रनको लक्ष्य

काठमाण्डुले बिराटनगरलाई दियो १३५ रनको लक्ष्य

शनिवार, मंसिर ६ २०८२
शनिवार, मंसिर ६ २०८२
  • काठमाण्डुले बिराटनगरलाई दियो १३५ रनको लक्ष्य

    काठमाडौं । काठमाण्डु गुर्खाजले बिराटनगर किङ्गसलाई १३५ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग अन्तर्गतको आजको खेलमा काठमाण्डु गुर्खाजले १३४ रनको योग बनाउँदै बिराटनगर किङ्गसलाई १३५ रनको लक्ष्य दिएको हो । 

    काठमाण्डुका लागि आदिल आलमलले सर्वाधिक २५ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गर्दै अविजित ४८ रन बनाए । ओपनर बेन चार्ल्सवर्थले ३३ बल खेल्दै १ चौका र २ छक्का मदतमा ३२ रन बनाए । यस्तै सन्तोष यादवले २४ बलमा १ छक्का मदतमा २६ रन बनाए । जेरार्ड एरासमसले १० रन जोडे ।

    बलिङमा मर्चेन्ट डे लाङले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछाने, शुभम रन्जाने र सूर्य तामाङले समान एक/एक विकेट लिए ।


    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij