काठमाडौं । लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग अन्तर्गतको आजको खेलमा लुम्बिनी लायन्सले १५६ रनको योग बनाउँदै कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनाएको छ । लुम्बिनी लायन्सका लागि रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । अन्य खेलाडीहरु ट्रपलम्यानले २९, स्मितले २३ र जन म्याथु सर्टले १९ रनको योगदान दिए । खेलमा अन्य खेलाडीहरुले भने दोहोरो अंक जोड्न सकेनन् ।
कर्णालीका लागि नन्दन यादवले २ विकेट, सोमपाल कामी, गुल्सन झा, माकै रोबर्ट जेम्स वाट, विपिन शर्मा र युवराज खत्रीले १–१ विकेट लिएका छन् ।