एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

शुक्रवार, मंसिर ५ २०८२
शुक्रवार, मंसिर ५ २०८२
  • एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ । सुदूर पश्चिमले शुक्रबार भएको खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो ।

    सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १७५ रन मात्र बनायो। सुदूरपश्चिमले लगातार २ खेल जित्दा पोखराले भने लगातार दोस्रो हार व्यहोरेको छ । सुदूर पश्चिमाले आफ्नो पहिलो खेलमा काठमाण्डौ गोर्खाजलाई हराएको थियो ।

    पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतक बनाउँदा पनि हार टार्न सकेन । जिमी नीशमले ४५ रन तथा डान डौथवेटले अन्त्यतिर विस्फोटक ३७ रन बनाएपनि पर्याप्त हुन सकेन ।

    पोखराले पावरप्लेमा रनगति बढाउन नसक्दा पराजित हुन पुग्यो । २०(३ को अवस्थाबाट भुर्तेल र नीशमले ७० रनको साझेदारी गरेका थिए । सुदूरका लागि हर्मीत सिंहले २ विकेट लिँदा स्कट कुग्लेइन, दीपेन्द्र सिंह ऐरी, इशान पाण्डे, हेमन्त धामी नरेन साउद र अविनाश बोहराले १(१ विकेट लिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij