सुदूरपश्चिमको विजयी सुरुआत, काठमाडौं २९ रनले पराजित

सुदूरपश्चिमको विजयी सुरुआत, काठमाडौं २९ रनले पराजित

बुधवार, मंसिर ३ २०८२
बुधवार, मंसिर ३ २०८२
  • सुदूरपश्चिमको विजयी सुरुआत, काठमाडौं २९ रनले पराजित

    काठमाडौं । बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट पुनरागमान गर्दै साविक उपविजेता सुदूरपश्चिम रोयल्सले  विजयी सुरुआत गरेको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्समाथि सहज जित हातपार्दै लयमा देखिएको काठमाडौंलाई दोस्रो खेलमा  सुदूरपश्चिमले २९ रनले पराजित गरेको हो । 

    सुदूरपश्चिमको जितमा हर्मित सिंहले अलराउण्ड प्रदर्शन गरे । सुदूरपश्चिमले दिएको १४७ रनको लक्ष्य पछ्याएको काठमान्डु १६।५ ओभरमा सबै विकेट गुमाएर ११८ रनमा सिमित भयो । 

    काठमान्डुको लागि ओपार आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए । यस्तै जोन सिम्पसोनले २४, भीम शार्कीले १२ र मिलिन्द कुमारले ११ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

    सुदूरपश्चिमका लागि बलिङमा स्कट कुगेलेइन, हेमन्त धामी र हर्मित सिंहले २-२ विकेट लिए । यस्तै इशान पाण्डे, नरेन साउद र अविनाश बोहराले समान एकरएक विकेट लिए । 

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो । 

    चार रन बनाउँदा ३ विकेट गुमाएको  सुदूरपश्चिमले १६ ओं ओभरमा २१ र १७औं ओभरमा २४ रन जोडेको थियो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह र हर्मित सिंहले महत्वपूर्ण इनिङ्स खेले । हर्मितले २० बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा ५३ रन बनाए । 

    बलिङमा काठमान्डुका करण केसीले  ४ विकेट तथा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले २-२ विकेट लिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij