मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त

बुधवार, मंसिर ३ २०८२
बुधवार, मंसिर ३ २०८२
  • मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त

    मधेश प्रदेशको सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा उनीमाथि लगाइएको पदअनुसार आचरण नगरेको प्रस्ताव दुई तिहाईले पारित भएको हो ।

    सभामुखको विपक्षमा अर्थात् पदअनुसार आचरण नगरेका पक्षमा ७६ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए । उनको विपक्षमा भने शून्य मत परेको छ । सभामुख मण्डल भने आज बैठकमा अनुपस्थित रहेका छन् । हाल मधेश प्रदेशसभामा १०४ जना प्रदेशसभा सदस्य छन् । जसको दुई तिहाई ७२ मत हुन्छ ।

    गत कात्तिक २७ गते उनीमाथि सात दलका ६४ जना प्रदेशसभा सदस्यले पदअनुसार आरचण नगरेको प्रस्ताव दर्ता गराएका थिए ।

    यसअघि प्रदेशसभा सदस्यको पहिलो कार्यकालमा पनि मण्डलले पद गुमाएका थिए । पहिलो कार्यकालमा उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । वाम एकता भएर नेकपा बनेका थिए । त्यसपछि वाम एकता टुक्रिएपछि उनी माओवादीमा नर्फिएर एमालेमा गएको कारण साढे तीन वर्षमा पदमुक्त भएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij