काठमाडौं । तराईका अधिकांश स्थानमा बिहानैदेखि बाक्लो हुस्सु र शितलहर भएको छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, हवाई तथा सडक यातायातमा प्रभाव पर्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भिजिविलिटी कम हुने भएकाले सवारी साधान चलाउन समेत समसय हुने बिभागको भनाई छ । विभागले चिसोबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन आग्रह गरेको छ । आज बिहान कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।
विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।