सोनापुर मिनरलले तिर्यो विद्युत महसुलको पहिलो किस्ता, काटिएको लाइन जोडियो

सोनापुर मिनरलले तिर्यो विद्युत महसुलको पहिलो किस्ता, काटिएको लाइन जोडियो

बुधवार, कार्तिक २६ २०८२
बुधवार, कार्तिक २६ २०८२
  • सोनापुर मिनरलले तिर्यो विद्युत महसुलको पहिलो किस्ता, काटिएको लाइन जोडियो

    काठमाडौं – दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम मंगलबार तिरेको छ।

    पहिलो किस्ता तिरेपछि गत ७ कात्तिकमा विच्छेद गरिएको सोनापुर मिनरलको विद्युत लाइन मंगलबार साँझ जडान गरिएको छ।


    सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो ।

    सोनापुर मिनरलको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरेर सोनापुर मिनरले ८६ लाख ३० हजार रुपियाँ पहिलो किस्ता बुझाएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij