एक सातापछि खुल्यो कर्णाली पुल

एक सातापछि खुल्यो कर्णाली पुल

सोमवार, चैत्र ५ २०८०
सोमवार, चैत्र ५ २०८०
  • एक सातापछि खुल्यो कर्णाली पुल

    काठमाडौं । आगलागीका कारण बन्द भएको कर्णालीको पुुल आजदेखि खुलेको छ । आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुल आजदेखि खुलेको हो । 

     नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय इन्जिनियर नीरज शाक्यले “पुलको अवस्थाका बारेमा हामीले स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न  कुनै समस्या नहुने भएकाले आजदेखि यातायातका साधन सञ्चालनको अनुमति दिएका छौँ,” भने । 

    गत २८ गते विरगञ्जबाट लाइटर बोकेर महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकमाथि एक्कासी आगलागी भएको थियो । । पुलमा गुडीरहेको ट्रकमा लागेको आगो पुलका १४ वटा सहारा लट्ठामा  लाग्दा केही क्षति भएको थियो । विज्ञ टोलीले पुलको स्थलगत निरीक्षण गरेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij