टक्सारको मालबाँसेमा आगलागीबाट एक करोडको क्षति

टक्सारको मालबाँसेमा आगलागीबाट एक करोडको क्षति

आइतवार, चैत्र ४ २०८०
आइतवार, चैत्र ४ २०८०
  • टक्सारको मालबाँसेमा आगलागीबाट एक करोडको क्षति
    टक्सार (भोजपुर) । भोजपुर नगरपालिका–१२, टक्सारको मालबाँसेमा आगलागीबाट एक कारोड तीन लाख बराबरको  क्षति भएको छ । शनिबार दिउँसो वनमा लागेको डढेलो बस्तीमा आइपुग्दा स्थानीयवासीका सात घर र १० गोठ जलेर पूर्णरुपमा नष्ट भएका छन् । 

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईका अनुसार आगलागीबाट स्थानीय कमल कार्कीको दुई तले घर, नरबहादुर कार्कीको दुई तले घर र गोठ, पदम कार्कीको दुई तले घर र एक गोठ, विशाल कार्कीको दुई तले घर र गोठ, गजेन्द्र कार्कीको दुई तले घर र  गोठ तथा मीना श्रेष्ठ र कृष्ण बस्नेतको घर जलेर नष्ट भएको छ । 

    यस्तै आगलागीबाट अन्य केही स्थानीयको पनि गोठ जलेर नष्ट भएको सूचना अधिकारी राईले जानकारी दिए । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij