३ हजारले बढ्यो सुन, तोलाको २ लाख ३ हजार पुग्यो

३ हजारले बढ्यो सुन, तोलाको २ लाख ३ हजार पुग्यो

आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • ३ हजारले बढ्यो सुन, तोलाको २ लाख ३ हजार पुग्यो

    काठमाडौं– आइतबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको मूल्य ३ हजार रुपैयाँले बढेसँगै नयाँ रेकर्ड बनाएको हो । 

    शुक्रबार सुनको मूल्य १२ सय रुपैयाँले बढेर २ लाख रुपैयाँ क्रस गरेको थियो । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार आइतबार सुनको मूल्य २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ । 

    शुक्रबार सुनको मूल्य २ लाख ६०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेको छ । 

    महासंघका अनुसार चाँदीको मूल्य शुक्रबार २ हजार ३६० रुपैयाँ कायम भएकोमा आइतबार बढेर २ हजार ४२५ रुपैयाँ प्रतितोला पुगेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij