‘इँटा उत्पादनमा मधेस प्रदेश देशकै अग्रणी’

‘इँटा उत्पादनमा मधेस प्रदेश देशकै अग्रणी’

बिहिवार, भाद्र ५ २०८२
बिहिवार, भाद्र ५ २०८२
  • ‘इँटा उत्पादनमा मधेस प्रदेश देशकै अग्रणी’

    जनकपुर ।  मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले इँटा उत्पादनमा मधेस प्रदेश देशकै अग्रणी रहेको बताएका छनन् । नेपाल इँटा उद्योग महासङ्घ, मधेस प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाको बुधबार जनकपुरधाममा उद्घाटन गर्दै उहाँ उखु, आँप, माछा, धानलगायतको उत्पादनमा जस्तै इँटा उत्पादनमा पनि मधेस प्रदेशको योगदान महत्त्वपूर्ण रहेको बताए ।

    मुलुकभर रहेका करिब एक हजार ३०० इँटा उद्योगमध्ये ७०० मधेस प्रदेशमा रहेको र तीमध्ये हाल ३२० भन्दा बढी उद्योग सञ्चालनमा रहेको मुख्यमन्त्री सिंहले उल्लेख गरे । इँटा उद्योगीहरूलाई प्रदेश सरकारले तोकेको न्यूनतम मापदण्ड पूरा गर्न उहाँले आग्रह गरे । 

    मुख्यमन्त्री सिंहले मधेस प्रदेशबाट संघीय सरकारलाई सबैभन्दा बढी राजस्व जाने गरेको भए पनि सोअनुसार बजेट प्राप्त नभएको भन्दै गुनासो गरे ।उनले स्थानीय तहबाट पनि प्रदेश सरकारको भागको कर नपाएको भन्दै कर बुझाउन आग्रह गरे । “निकासी पैठारी, खोला र मनोरञ्जनलगायतका कर उठाउने पालिकाले त्यसको ४० प्रतिशत प्रदेश सरकारमा पठाउनुपर्नेमा हालसम्म प्राप्त हुने गरेको छैन । केन्द्र सरकारले पनि आवश्यक बजेट दिने गरेको छैन, अनि कसरी प्रदेश सरकारले काम गर्ने ?”, मुख्यमन्त्री सिंहले प्रश्न गरे। 

    महासङ्घका अध्यक्ष सञ्जीव साहको अध्यक्षतामा भएको कार्यक्रममा  जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार  साह, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अरुण प्रधानलगायतले सम्बोधन गरेका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij