ट्राफिक कारबाहीः दुई करोड ४१ लाख राजस्व सङ्कलन

ट्राफिक कारबाहीः दुई करोड ४१ लाख राजस्व सङ्कलन

बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • ट्राफिक कारबाहीः दुई करोड ४१ लाख राजस्व सङ्कलन

    काठमाडौं ।  मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा दुई करोड ४१ लाख ४५ हजार ५४ राजस्व सङ्कलन गरेको छ । 

    उक्त कार्यालयका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार आव २०८१/८२ मा ट्राफिक नियम उल्लङ्घन गरेका ३० हजार ३४ सवारीसाधनबाट उक्त रकम सङ्कलन भएको हो ।

    आव २०८०/८१ मा ४७ हजार ८९९ सवारीसाधनलाई कारबाही गरेर रु तीन करोड ६९ लाख ६७ हजार राजस्व सङ्कलन भएको थियो । मकवानपुरमा आव २०८१/८२ मा भएका ४०७ सवारी दुर्घटनामा  ५० जनाको मृत्यु भएको तथा ९६५ जना घाइते भएका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij