वर्षाका कारण देशभरका चार राजमार्ग अवरुद्ध

वर्षाका कारण देशभरका चार राजमार्ग अवरुद्ध

बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • वर्षाका कारण देशभरका चार राजमार्ग अवरुद्ध
    काठमाडौँ । वर्षाका कारण आएको बाढीपहिरोले देशभरका प्रमुख चार राजमार्ग अवरुद्ध भएका छन् ।
     
    प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी करिडोर, पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकास्थित मेची राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित पासाङल्हामु सडक र रुकुम  पश्चिमको आठबिसकोठ नगरपालिकास्थित जाजरकोट(डोल्पा भेरी करिडोर अवरुद्ध भएका हुन् । 
     
    यसैगरी, वर्षाका कारण अवरुद्ध भएका छ राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । टोखा नगरपालिका(२ स्थित काठमाडौँनुवाकोट सडकखण्ड, बाग्लुङ नगरपालिका र नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकास्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकाको ग्रामजिम, भुर्तिवाङ र धामाचौरस्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij