काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ४ सयले बढेर १ लाख ९३ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेर १ लाख ९३ हजार ७ सय रुपैँयामा कायम भएको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २२८५ रुपैयाँमा कारोबार भइरहेको छ ।