भिरबाट लडेर एक युवकको मृत्यु

भिरबाट लडेर एक युवकको मृत्यु

शुक्रवार, श्रावण २ २०८२
शुक्रवार, श्रावण २ २०८२
  • भिरबाट लडेर एक युवकको मृत्यु

    त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा एक युवकको भिरबाट लडेर मृत्यु  भएको छ । 

    रुकुमपूर्वको सिस्ने गाउँपालिकाबाट भलिबल खेलेर साथीसँग घर फर्किने क्रममा बाँफिकोट गाउँपालिका–२ मुरापाखा डाँडाबाट लडेर सोही पालिकाको वडा नं १ का ३० वर्षीय अजय मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिए ।

    बिहीबार साँझ भिरबाट लडेर गम्भीर घाइते हुनुभएका मल्लको प्राथमिक स्वास्थ्यचौकीमा सामान्य उपचारपश्चात् जिल्ला अस्पताल पठाइएकामा निजलाई चिकित्सकले गए राति नै मृत घोषणा गरेका सूचना अधिकारी पाठकले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij