मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  • मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

    महेन्द्रनगर (धनुषा) । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि प्रस्तुत भएका दुई विधेयक प्रमाणीकरण गरेका छन् ।

    नेपालको संविधानको धारा २०१ को उपधारा २ अनुसार उनले ‘मधेस प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘आर्थिक वर्ष २०८२/८३ का लागि मधेस प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्चसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij