मधेस प्रदेशको नीति तथा कार्यक्रम : कृषि मुख्य प्राथमिकतामा

मधेस प्रदेशको नीति तथा कार्यक्रम : कृषि मुख्य प्राथमिकतामा

शनिवार, जेठ २४ २०८२
शनिवार, जेठ २४ २०८२
  • मधेस प्रदेशको नीति तथा कार्यक्रम : कृषि मुख्य प्राथमिकतामा

    काठमाडौं ।  मधेस प्रदेश सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । हिजो प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिइएको छ ।

    ‘मधेसले देशलाई खुवाउने अभियान’ लाई केन्द्रमा राख्दै ‘उत्पादन मधेसमा, विस्तार देशमा’ नारा दिइएको छ । ‘मधेसको शान, स्थानीय मखान’ नाराको साथमा मखान खेतीको विकास विस्तारसहित प्रचारप्रसार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    यस्तै ‘आँपको बगैंचा, मधेसको समृद्धि’ नाराकासाथमा वृहत आँपको क्षेत्र विस्तार गरिने तथा ‘खेत–खेतमा पानी, घर–घरमा खाद्यान्नसहित आम्दानी’ नारामार्फत सिँचाइमा आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रममा एक लाख युवालाई रोजगारी दिने उल्लेख छ ।

    बालबालिकाको शिक्षामा पहुँच र सहभागिता वृद्धि गर्न तथा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने मधेस सरकारको लक्ष्य छ । यसअघि गण्डकी र कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij