काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर १ लाख ९३ हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । तोलामा ३० रुपैयाँले बढेर चाँदी २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।