काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ५०० रुपैयाँ रुपैयाँ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिबार प्रतितोला १ लाख ८७ हजार ८०० सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७ सय रुपैयाँले बढेर १ लाख ८८ हजार ५०० कायम भएको महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको थियो ।